चितवन विशेष

चितवन २ : चुनावी माहोल बढ्दै, प्रचारप्रसारलाइ तिव्र बनाउँदै दल र उमेदवार

Banner

चितवन, चैत २५–

बैशाख १० गते हुन लागेको उपनिर्वाचनका कारण चितवन तात्दै गएको छ । चितवन क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनमा कुन उम्मेदवारलाई मत दिने भनेर मतदाताहरुले सोँच बनाउन थालेका छन् । दल र उम्मेदवारहरुले चुनावी घरदैलो अभियान र प्रचारप्रसारलाई तिव्र बनाउँदै लगेका छन् ।

आफ्ना उम्मेदवारलाई जिताउन दलहरुले केन्द्रीय प्रभावशाली नेताहरुलाई खटाएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका उमेदवार र कार्यकर्ताहरु राष्ट्रिय स्वतन्त्र पार्टी र सो पार्टीका उम्मेदवार रवि लामिछानेविरुद्ध खुलेरै लागेका छन् । उनीहरुले सामाजिक सञ्जालमा अनेक टिप्पणी गर्ने गरेका छन् । यस पटक रविलाई हराउन ठूला दलहरु कस्सिएर लागेका छन् ।

नेपाली कांग्रेसले घरदैलोको लागि वडाको गठबन्धन संयन्त्रलाई परिचालन गरेको छ । सत्ता गठबन्धनको तर्फबाट उमेदवार बनेका नेपाली कांग्रेसका नेता जीतनारायण श्रेष्ठले कार्यतालिका बनाएरै घरदैलोमा जान लागिएको बताए । कालिका र इच्छाकामनामा माओवादी केन्द्रका नेताहरुसँग अन्तरक्रिया गर्ने र सम्पर्क कार्यालय खोल्ने उनको कार्यतालिका छ ।

बिहान साढे ७ बजेदेखि बेलुका ५ बजेसम्म घरदैलो कार्यक्रम सञ्चालन गर्न वडाको गठबन्धन संयन्त्रलाई कांग्रेसले निर्देशन दिएको छ । संयन्त्रले बैशाख ७ गतेसम्मै मतदातासँग नियमित रुपमा भेटघाट गर्ने जनाइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उमेदवार रामप्रसाद न्यौपानेले पनि चुनावी प्रचारलाई तिव्र बनाएका छन् । विकट वस्तिहरुमा पुगेर चेपाङ समुदायका मतदातासँग समेत भेट गरेका न्यौपाने यस पटक एमालेले आफ्नो विरासत फर्काउने बताउँछन् । चुनावी प्रचारमा एमालेले भातृ संगठनहरुलाई पनि परिचालन गरेको छ । अनेरास्ववियु जिल्ला कमिटीले आज विद्यार्थी भेलाको आयोजना गरेको छ । भेलालाई न्यौपानेले सम्बोधन गर्ने छन् ।

चितवनमा चुनावी घरदैलो कार्यक्रमलाई तिव्र बनाएका रास्वपाका रवि लामिछाने आज तनहुँ जाँदै छन् । तनहुँमा रास्वपाले आज चुनावी सभाको आयोजना गरेको छ । यस पटक पनि लामिछानेले चुनाव जित्नेमा उनका शुभेच्छुकहरु ढुक्क देखिन्छन् । मंसिर ४ गते निर्वाचनमा लामिछाने फराकिलो मतान्तरले निर्वाचित भएका थिए । नागरिकता मुद्धामा लामिछानेको सांसद पद खारेज भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>