राजनीति

कांग्रेसको निर्णय : उपेन्द्र यादवविरुद्ध बोल्ने–लेख्ने कार्यकर्तालाई कारबाही

Banner

काठमाडौं, चैत २५–

नेपाली कांग्रेसले जनता समाजवादी पार्टीका अध्यक्ष एवम् बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनका उम्मेदवार उपेन्द्र यादविरुद्ध बोल्ने लेख्ने कार्यकर्तालाई कारबाही गर्ने भएको छ।

नेपाली कांग्रेससहित सत्ता गठबन्धनबाट साझा उम्मेदवार यादवलाई सघाएको भन्दै कार्यकर्तामाझ असन्तुष्टि बढिरहेका बेला जिल्ला कार्य समितिले यो निर्णय गरेको हो। कांग्रेस जिल्ला कार्यसमिति बाराका सचिवद्वय भैयराम यादव र राजेश रौनियारले विज्ञप्ति निकालेर यस्तो निर्णय भएको सुनाएका हुन्।

उनीहरुले जिल्ला कार्य समितिको तर्फबाट सार्वजनिक विज्ञप्तिको दोस्रो नम्बरको निर्णयमा यादवबारे उल्लेख गरिएको छ। जसमा यादवविरुद्ध सामाजिक सञ्जाल, फोन कल तथा सार्वजनिक अभिव्यक्ति जस्ता कुनै पनि अभिव्यक्ति दिनेलाई पार्टी विधानअनुसार कारबाही गरिने भनिएको छ।

‘प्रस्ताव नम्वर २ माथि छलफल गर्दा गठबन्धन दल तथा गठवन्धनका उम्मेदरवार उपेन्द्र यादवविरुद्ध समाजिक सञ्जाल, फोन कल, तथा सार्वजनिक अभिव्यक्ति जस्ता कुनै पनि गतिविधि गर्ने जोसुकैलाई पनि पार्टीको विधान र नियमावली बमोजिम कारवाहीका लागि प्रदेश कार्य समितिमार्फत केन्द्रीय अनुशासन समितिमा लेखि पठाउने निर्णय गरियो’, कांग्रेसले निर्णयमा भनेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>