राजनीति

एकीकृत समाजवादीका न्यौपाने पार्टी छोड्ने तयारीमा

Banner

काठमाडौँ, चैत २४-

नेकपा (एकीकृत समाजवादी)  मा अध्यक्षपछिको तेस्रो वरियतामा रहेका नेता मुकुन्द न्यौपानेले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी छाड्ने तयारी गरेका छन् ।

न्यौपानेले शनिवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेर औपचारिक रूपमा पार्टी छाडेको घोषणा गर्ने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ । २०७७ सालमा एमालेसँग विद्रोह गर्दा माधव नेपाललाई साथ दिएका न्यौपाने पछिल्लो समय नेपालसँग असन्तुष्टि जनाउँदै एमालेसँगै पार्टी एकता गर्नुपर्ने पक्षमा उभिएका थिए ।

एमालेसँग पार्टी एकता गर्नुपर्ने लगायतका धारणा सार्वजनिक गरेपछि उनलाई चैत १४ गते बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सात दिने स्पष्टीकरण सोधेको थियो । तर न्यौपानेले स्पष्टीकरण दिन जरुरी नभएको प्रतिक्रिया दिँदै आएका थिए । एकीकृत समाजवादी छाडेको घोषणा गरेको केही समयपछि न्यौपाने एमाले प्रवेश गर्ने उनीनिकट स्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>