राजनीति

प्रधानमन्त्री प्रचण्डलाई यति धेरै फुर्सदिलो देखेर छक्क छुः गगन थापा

Banner

काठमाडौं,चैत २४-

नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले निर्देशन र घोषणाबाट शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्देशन र घोषणाहरू मात्रै गर्दै हिँडेको बताए । प्रधानमन्त्रीलाई उद्घाटन र सम्मेलनहरूमा जान भ्याइनभ्याइ भएको भन्दै उनले प्रधानमन्त्री फुर्सद भएकोप्रति आफू छक्क परेको बताए । उनले प्रधानमन्त्रीलाई निर्देशन र घोषणाले शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुन आग्रह गरे ।

सरकार भनेको एकप्रकारले प्रधानमन्त्री हो । अब साझा न्यूनतम कार्यक्रमपछि यात्रा सुरु भयो । मेरो लक्ष्य प्रष्ट छ । यो लक्ष्यसम्म पुर्‍याउने जिम्मेवारी मेरो हो । जस भएपनि मेरो हो । अपजस भएपनि मेरो हो भन्ने अठोट, दृढता, आत्मविश्वास प्रधानमन्त्रीमा हुनुपर्छ । तर कताकता मैले प्रधानमन्त्रीज्यूको काम, कारबाही हेर्दै गर्दा त्यो आत्मविश्वास नभएको, बढी अलमल भइरहेको पाएको छु,थापाले भने ।

उनले अगाडि भने, मेरो प्रधानमन्त्रीलाई यति धेरै फुर्सद किन छ भनेर कहिलेकाहीँ म छक्क पनि पर्छु । उद्घाटनमा जान भ्याइएको छ । सम्मेलनमा जान भ्याइएको छ । सांसद थापाले प्रधानमन्त्रीलाई काम गर्नका लागि राम्रो समूह चाहिने तर प्रधानमन्त्रीसँग राम्रा समूह नभएको बताए । उनले प्रधानमन्त्रीको सरकारी समूह सजाय पाएकोजस्तो रहेको पनि बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>