राजनीति

न्युनतम साझा कार्यक्रममा आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरिएको भन्दै केसीको असन्तुष्टि

Banner

काठमाडौं, चैत २४-

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको न्युनतम साझा कार्यक्रममा आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरिएकोमा असन्तुष्टि जनाएका छन् ।

बिहीबार सत्ता साझेदार दलका प्रमुख नेताहरुको हस्ताक्षर गरी सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिएको थियो । त्यसमा आफ्नो डिजिटल हस्ताक्षर प्रयोग भएकोमा केसीको असन्तुष्टि छ ।

केसीले शुक्रबार विज्ञप्ति जारी गरी दश दलद्वारा जारी गरिएको सरकारको न्यूनतम साझा कार्यक्रममा संघीयता, संक्रमणकालीन न्याय तथा नागरिकताका लगायतका विषयमा पार्टीका कैयौं गम्भीर प्रकारका मतभेदहरु रहेको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>