देश/प्रदेश

संसद र सिंगो देशलाई उपेन्द्र यादवको खाँचो छः माधवकुमार नेपाल

Banner

बारा,चैत २३-

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद र सिंगो देशलाई उपेन्द्र यादवको आवश्यक्ता रहेको बताएका छन्। जसपा अध्यक्ष एवं बारा क्षेत्र नं. २ का उम्मेदबार उपेन्द्र यादवको निर्वाचन क्षेत्र पुगेर बिहिबार नेता नेपालले राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यक्ता अपरिहार्य रहेको औल्याएका हुन्।

बाराको क्षेत्र नंं २ मा सत्ता गठबन्धनको साझा उम्मेदबार रहेका जसपा अध्यक्ष यादवको पक्षमा माहोल बनाउन नेपाल बुधबार साँझ कलैया पुगेका थिए। बारा २ को चुनावी मैदानमा रहेका यादवसँगको भेटमा नेता नेपालले गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेका छन्।

जसपा अध्यक्ष यादवलाई विजयी बनाउन अपील गर्दै नेता नेपालले भने,सिंगो देश र संसदलाई उपेन्द्र यादवको खाँचो छ, त्यसैले राष्ट्रले खोजेको नेता उपेन्द्र यादवलाई अत्याधिक मत दिएर विजयी गराउन नेकपा एसको पार्टी पंक्ति एवं सिंगो बाराबासीलाई आग्रह गर्दछु।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>