राजनीति

ओलीलाई माधवले भनेः मति सप्रिन्छ भने मिलेर जान समस्या छैन

Banner

काठमाडौं, चैत २२-

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सुध्रिए मिलेर जान सकिने बताएका छन् । काठमाडौंमा आयोजित सम्पादकहरूसँगको छलफलमा उनले आफूहरू सबैलाई समाप्त पारेर जानुपर्छ भन्ने पक्षमा नरहेको बताए ।

उनले भने, ‘कसैमा सद्बुद्धि आउँछ भने, मति सप्रिन्छ भने, मिलेर जानुपर्छ भन्ने मान्यता राख्छन् भने खुसीकै कुरा हो । तर, विचार, नीति, दृष्टिकोण र भावनामा मेल हुनुपर्‍यो । अनि सबै वचन र कर्ममा मेल, एकता हुनुपर्‍यो । सबै कुरा भयो भने मिलेर जान नसकिने कुरै छैन । हामी कसैलाई पन्छाउने, समाप्त पार्ने र बहिष्कृत गरेर जानुपर्छ भन्ने मान्यता राख्दैनौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>