राजनीति

अबको २ दिनभित्र सरकारले पूर्णता पाउँछः प्रधानमन्त्री प्रचण्ड

Banner

काठमाडौँ, चैत २२

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको दुई दिनभित्र सरकारले पूर्णता पाउने बताएका छन् । नेकपा माओवादी केन्द्रको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिनभित्रमा पूर्णरूपमा सरकार विस्तार हुने बताएका हुन् ।

उनले भने, ‘मैले प्रधानमन्त्री बनेर अहिले सरकार सञ्चालनको अवसर पाएको छु, त्यो पनि चुनौतीपूर्ण रूपमा छ । अहिले सरकारले करिब–करिब पूर्णता पाएको छ । आज–भोलि शतप्रतिशत नै पूर्णता प्राप्त गर्छ ।’

प्रधानमन्त्रीले आफ्नो कार्यकालमा नागरिकमा आशा जगाउने अधिकतम काम गर्न प्रयास गर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>