राजनीति

माओवादी पदाधिकारी बैठक बुधबार बस्ने

Banner

काठमाडौँ,चैत्र २१-

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक भोलि दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । पार्टी पदाधिकारीसहित विभागीय प्रमुखहरुको बैठक बस्न लागेको हो । बैठकमा पार्टीले सञ्चालन गरेको २ महिने अभियानको समीक्षा लगायत पार्टी गतिविधिका विषयमा छलफल हुने माओवादी केन्द्रका सचिव गणेश शाहले बताए । पार्टी बैठकले सरकारलाई आवश्यक सल्लाह सुझाव समेत दिने शाहले बताए ।

‘पार्टी पदाधिकारीसहित विभागीय प्रमुखहरुको बैठक बोलाएको छ । पार्टीले सञ्चालन गरेको २ महिने अभियान कस्तो रह्यो रु जनताबाट के कस्ता सुझावहरु आए त्यस विषयमा छलफल हुने छ’ शाहले भने, ‘अरु सरकार गर्ने काम कारवाहीका विषयमा सुझाव लिइने छ । कुन कुन क्षेत्रलाई प्राथमिकता दिने भन्ने छलफल हुने छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>