राजनीति

उमेशलाल समूहले गरायो उम्मेदवारी दर्ता

Banner

 काठमाडौँ, चैत्र २१-

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको तयारीमा रहेका ३ जनाले नै उम्मेदवारी दर्ता गराएका छन् । उमेशलाल श्रेष्ठ समूहले दर्ता गराएसँगै यही चैत २९ गते हुने महासंघको चुनावका तीन जनै आकाङ्क्षीले उम्मेदवारी दर्ता सम्पन्न भएको हो ।

महासंघमा उमेशलाल श्रेष्ठ, अन्जान श्रेष्ठ र रामचन्द्र संघई वरिष्ठ उपाध्यक्षको आकांक्षी थिए । संघईले १९ गते नै उम्मेदवारी दर्ता गराएका थिए भने अन्जान समूहले बिहान साढे ११ बजे उम्मेदवारी दर्ता गराएका थिए ।

यस्तै, साढे १ बजेतर्फ उमेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएसँगै तीन जना आकांक्षी नै उम्मेदवार बनेका हुन्

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>