राजनीति

सरकारबाट देश विकासको आस गर्ने ठाउँ छैन: नेता गुरुङ

Banner

सुर्खेत, चैत्र २१-

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुव्वा गुरुङले दक्षिणपन्थी गठबन्धनको सरकारबाट देश विकासको सम्भावना नरहेको बताएका छन् । सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले दक्षिणपन्थी गठबन्धनको सरकारबाट देश विकासको सम्भावना नरहेको बताउँदै उनले भूराजनीतिक अवस्था अझ जटिल बन्दै गइरहेको बताए ।

उनले भने,देशको आर्थिक, सामाजिक क्षेत्र निकै कमजोर भइरहेको छ, तर सरकाले ध्यान दिएको छैन । एमालेसामु यस्ता खालका विषयमा रचनात्मक कामहरू गर्ने जिम्मेवारी रहेको छ।ु

भीम रावलको विवादबारे उनले ग्रासरुट अभियान र निर्वाचनमा असहयोग भएको बताए ‌। रावललाई मूल प्रवाहमा ल्याउनका लागि वार्ता टोली बनाइएको उनले बताए।

उनले अब एमाले सरकार बनाउने र ढाल्ने पक्षमा नरहेको दाबी समेत गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>