राजनीति

बारालाई आर्थिक रूपले चम्काउन मेरो उम्मेदवारीः उपेन्द्र यादव

०
Banner

काठमाडौं,चैत २०-

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारा जिल्ला राजनितिक रुपमा देशैभर चम्की रहेको उल्लेख गर्दै यसलाई आर्थिक रुपमा पनि चम्काउन आफूले उम्मेदवारी दिएको बताएका छन्। ऐतिहासिक र सांस्कृतिक रूपले देशकै अग्रिम स्थानमा रहेको सिम्रौनगढ , गढीमाई मन्दिरको विकास गरेर जिल्लालाई आर्थिक रूपले बलियो बनाउनको आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।

मुख्य निर्वाचनको कार्यालयमा उम्मेदवारी दर्ता गराए पछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेता यादवले क्षेत्रका मतदाताहरूको आग्रह र पाँच दलीय गठबन्धनको निर्णयले आफू बारा –२ मा चुनाव लड्न आएको बताए। यस क्षेत्रका जनताको आधारभूत विकासको लागि आफूले सधैँ सहयोग गरी रहने उनको भनाइ छ।

देशमा पहिला मधेशीया, धोती भनेर हेप्ने कार्यलाई अन्त्य गर्नको लागि प्रदेशको नाम मधेश प्रदेश नै घोषणा गराएर मधेसी समुदायहरूको मान सम्मान बढाउने कार्य गरिएको उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>