राजनीति

गगनले भने– स्वर्णिमले कांग्रेसलाई लात हाने, पार्टीभित्र संघर्ष नगर्ने कांग्रेस हुन सक्दैन

Banner

काठमाडौं, चैत २०

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थविद् डा.स्वर्णिम वाग्लेले पार्टीलाई लात हानेको आरोप लगाएका छन् । उनले पार्टीभित्र संघर्ष गरेर बस्न तयार नहुनेहरू कांग्रेस हुन नसक्ने बताए ।

सोमबार कांग्रेस नेता गोविन्द भट्टराईको उमेदवारी दर्ता कार्यक्रममा सहभागी हुन तनहुँ क्षेत्र नम्बर–१ मा पुगेका गगनले यस्तो बताएका हुन् । आसन्न उपनिर्वाचनमा भट्टराई सत्ता गठबन्धनतर्फका साझा उमेदवार बनेका छन् ।

कांग्रेसलाई लात हानेर बाहिरबाट ‘कांग्रेस खराब छ’ भन्दैमा लोकतन्त्र सुदृढ नहुने महामन्त्री थापाले बताए । “यसपटक चुनावमा जाँदा एउटा गीत बजेको सुन्नुहुनेछ, पुराना पार्टी खराब भए भनेर । नो नट अगेन भनेर पहिलोपटक २० सिट ल्याएर आएको हामीले हेर्‍यौँ,’ उनले डा.वाग्लेतर्फ संकेत गर्दै प्रश्न गरे, “हामी पनि एउटा सपना लिएर राजनीतिमा आएका छौँ । हामीलाई पनि पार्टी बदल्ने चाहना छ, नेपाली कांग्रेस । कांग्रेसभित्र जे भइरहेको छ, त्यो सबै त ठिक भइरहेको छैन । तर, नेपाली कांग्रेसलाई लात हानेर गएर बाहिरबाट कांग्रेस खराब भनेर ढुंगा हानेर, झ्याल फुटाएर कांग्रेस बदलिन्छ ?”

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>