राजनीति

टुरिष्ट उम्मेदवारलाई तनहुँका मतदाताले कांग्रेस चोकमा राखेको मादल होइन बजाउँदै हिँडन् भन्नुपर्छ: गगन थापा

Banner

काठमाडौं, चैत २०

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ क्षेत्र नम्बर १ मा वैशाख १० मा हुने उपनिर्वाचनबाट केन्द्रीय सदस्यसमेत रहेका सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई विजयी गराएर पठाउन आग्रह गरेका छन्।

आज तनहुँमा आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले तनहुँको माटोले चिनेको र तनहुँलाई चिनेको उम्मेदवार भट्टराई भएकोले उनलाई जिताएर संसदमा पठाउन आग्रह गरेका हुन्।

‘यहाँ घुम्दाघुम्दै आउने टुरिष्ट उम्मेदवारलाई यो पटक तपाईंहरूले भन्नुपर्छ( तनहुँको निर्वाचन क्षेत्र अरू ठाउँजस्तो होइन। यहाँको कांग्रेस भनेको चोकमा राखेको मादलजस्तो होइन, जसले आयो त्यसले बजाउँदै हिँडने,’ थापाले भने।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>