राजनीति

म यो देशको लागि घाँडो नै भएको हो भने एउटा उपाय छ मलाई मारिदिए पनि भयो: रवि

Banner

चितवन, चैत २०-

चितवन निर्वाचन क्षेत्र नम्बर-२ को प्रतिनिधि सभा सदस्यका लागि रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उम्मेदवारी दर्ता गराएका हुन् ।उनको प्रस्ताबक सिता ज्ञवाली र समर्थक बिक्रम श्रेष्ठ रहेका छन् ।

तर, मनोनयन दर्ताअघि सञ्चारकर्मीले अदालतमा उनी विरुद्ध दायर गर्न लागिएको पासपोर्ट दुरुपयोगको मुद्दासँग सम्बन्धित प्रश्नमा रविले आफूले हरेक न्यायिक प्रक्रियालाई स्वीकार्ने र स्वीकार्दै आइरहेको बताए । तर, अनाहकमा दुख दिन खोजिएकोप्रति खेद उनले व्यक्त गरे । उनले भने, ‘अदालतको पूर्ण पाठमा नै लेखिएको छ कि २०१८ मा त्यागिसकिएको भनेर लेखिएको छ । त्यसलाई पनि कसैले व्याख्या गर्छ भने… यदि यो देशमा म घाँडो नै भएको हुँ भने त मारिदिए पनि भइहाल्यो, त्यो एउटा उपाय त छ नि…अरू त…’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>