राजनीति

पूर्वराजा ज्ञानेन्द्रलाई भोलि नागरिक अभिनन्दन गरिँदै

Banner

काठमाडौं,चैत १९-

पूर्वराजा ज्ञानेन्द्र शाहलाई भोलि पूर्वाञ्चलमा नागरिक अभिनन्दन गरिने भएको छ । राजसंस्थाको पक्षमा माहोल बनाउनका लागि भव्य तयारीका साथ यो नागरिक अभिनन्दन गर्न लागिएको हो । यसको अगुवाइ राजावादी नेताहरु केशरबहादुर विष्ट र सिनेट श्रेष्ठले गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका स्थानीय नेताहरु पनि सक्रिय सहभागी हुने बताइएको छ ।

आयोजक विष्टले कार्यक्रम भव्य र सभ्य हुने बताए । के सन्दर्भ र उद्देश्यले पूर्वराजालाई अभिनन्दन गर्न लागिएको हो भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘महाराजधिराज सरकारले देशका लागि दिनुभएको योगदानका लागि धन्यवाद दिनलाई हो । अरु के सन्दर्भ चाहिन्छ ?’उनले अभिनन्दन कार्यक्रममा लाखौंको जनसहभागिता रहने बताए । कुनै पार्टी वा संगठनको नेतृत्वमा नभएर जनताले स्वस्फुर्तरुपमा कार्यक्रम आयोजना गरेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>