राजनीति

आममाफी पाएका गोविन्दराज जोशीले भनेः म कांग्रेस पार्टीको मान्छे होइन र उपचुनावमा कसैलाई समर्थन गर्दिन

Banner

काठमाडौं, चैत १९

नेपाली कांग्रेसले आउँदो उपचुनावलाई मध्यनजर गर्दै पूर्वमन्त्री गोविन्दराज जोशीमाथि गरेको कारबाही फिर्ता गरेको छ । आज सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले जोशीमाथि गरेको कारबाही फिर्ता गरेको हो ।

तर, कांग्रेसको यो निर्णयमा जोशीले प्रतिकृया दिएका छन् । उनले कांग्रेसले आफूलाई कारबाही गरेर साधारण सदस्यबाट समेत निष्कासन गरिसकेकाले यस पार्टीसँग आफ्नो कुनै साइनो नरहेको बताए । ‘म कांग्रेस पार्टीको मान्छे नै होइन,’ जोशीले भने, ‘पार्टीबाहिरको व्यक्तिबारे कांग्रेसले निर्णय लिन मिल्छ र ?’

उनले आफू अहिले कांग्रेसको साधारण सदस्य समेत नभएकाले यो निर्णयको औचित्य नरहेको उल्लेख गरे । ‘कांग्रेसले एमालेलाई मिलाउने, माओवादीलाई मिलाउने निर्णय गरे के हुन्छ ?’ उनले भने । आउँदो उपचुनावमा आफूहरुले कसैलाई समर्थन नगरेको जोशीले स्पष्ट पारे । ‘अहिले हामी चुपचाप लागेर हेर्छौं,’ उनले भने ।

यस्तो छ गोविन्द राज जोशीको वक्तव्यः

वर्षौँदेखि नेपाली कांग्रेसको राजनीतिमा लागेर पार्टीको लागि आफ्नो सम्पूर्ण जिवन अर्पण गरेको सजाय म र मेरो परिवारले वर्षौँदेखि भोग्दै आएको कुरा सबैमा जगजाहेरै छ । विगतका वर्षमा मैले जे जति भोगेको छु त्यसको श्रेय नेपाली कांग्रेसलाई सक्काउन लागि परेका केही राजनीतिज्ञहरुलाई जान्छ । १० औँ हजार कार्यकर्ताको मतलाई वेवास्ता गर्दै चुनावको मुखमा मलाई नेपाली कांग्रेसबाट कारवाही फुकुवा गरिएको भन्ने जुन भ्रम छर्ने काम गरियो,यो सरासर गलत हो। यसप्रति मेरो घोर आपत्ति छ ।यो समस्या समाधानका निम्ति पटकपटक वार्ता टोली गठन गरि वार्ताको प्रयास गर्दा पनि पार्टीले वेवास्ता गरेको कुरा सम्पूर्ण जनतालाई जानकारी गराउन चाहन्छु। सम्पूर्ण प्रयासका बाबजुद पनि वार्ताको वातावरण समेत नबनाउने, पार्टिमा सैदान्तिक बिचलन ल्याउनेहरु बाट यसरी जनतालाई दिग्भ्रमित गर्ने गरिएको निर्णयको जति आलोचना गर्दा पनि कम हुन्छ।

नेपाली कांग्रेसले म र म सँग सम्बन्धित मान्छे सँग कुनै किसिमको सल्लाह नगरी एकलौटी रुपमा गरेको यस निर्णयलाई म हरहालतमा मान्न तयार छैन। चुनावको मुखमा मञ्चन गरिएको चुनावि रणनीतिबाट दिग्भ्रमित नहुन तथा यस्तो अफवाहबाट बिचलित नहुन म मेरा सम्पूर्ण जनतालाई आग्रह गर्दछु।

म र नेपाली कांग्रेस पार्टीलाई नै सक्काउने उद्देश्यले गरिएको उक्त निर्णयको खण्डन गर्दै सोका प्रति गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।

गोविन्द राज जोशी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>