राजनीति

लोसपाबाट श्रममन्त्री नियुक्त भएका शरदसिंह भण्डारीले स्याम्पेन फोडेर खुशियाली मनाए

Banner

काठमाडौं, चैत १९-

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट श्रममन्त्री नियुक्त भएका शरदसिंह भण्डारीले स्याम्पेन फोडेर खुशियाली मनाएका छन् । उनी मन्त्रीको कुर्सीमा बसेको यो १२औं पटक हो ।

भण्डारी मन्त्री नियुक्त भएपछि परिवारका सदस्य र निकट आफन्तहरूको उपस्थितिमा सेलिब्रेसन गरिएको थियो । मन्त्री भण्डारी र उनकी पत्नीलाई आफन्तहरूले खादा र माला लगाएर अभिनन्दन गरे । त्यसक्रममा स्याम्पेन फोड्दै मन्त्री भण्डारीले स्याम्पेन फोडेर रमाइलो गरेका हुन् । समारोहमा उपस्थितहरुले स्याम्पेनको घुट्को समेत लिएका थिए ।

प्रचण्ड नेतृत्वको मन्त्रीपरिषद्‌मा लोसपाले एक सिट पाउँदा भण्डारी मन्त्री बनेका हुन् । यसअघि उनी ११ पटकसम्म विभिन्न दलबाट विभिन्न मन्त्रालय सम्हालिसकेका छन् । उनको मन्त्री पदको यात्रा भने पञ्चायतकालबाटै सुरू भएको हो । पहिलोपटक उनी २०४४ सालको फागुनमा मरिचमान सिंह श्रेष्ठको मन्त्रिपरिषद्‌मा पञ्चायत तथा स्थानीय विकास सहायक मन्त्री बनेका थिए ।

४६ सालमा बहुदल आएपछि केही भण्डारीले विभिन्न पार्टी बदल्दै लगातार चुनाव जितिरहेका छन् भने मन्त्री पनि बनिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>