रोचक

आज ‘अप्रिल फुल’ अर्थात ‘मूर्ख दिवस’ मनाइँदै

Banner

चितवन,चैत १८-

आज शनिवार अप्रिल महिनाको १ तारिख । आजका दिनलाई विश्वका कयौं देशमा ‘अप्रिल फूल’का रुपमा मनाउने गरिन्छ । नेपालीमा आजको दिनलाई ‘मूर्ख दिवस’ भन्ने गरिएको छ । आफ्ना घरपरिवार, छिमेकी एवं साथीसंगीहरुसँग ठट्टा गर्ने, उनीहरुलाई हुँदै नभएको कुरा सुनाएर मनोरञ्जन लिने, दुःख दिएर मूर्ख बनाउने भएकाले यो दिनको नाम अप्रिल फूल अर्थात ‘मूर्ख दिवस’ रहन गएको हो । यो दिनमा सबैले एक अर्कालाई मूर्ख बनाएर रमाइलो गर्छन् ।

यो अप्रिल फूल किन, कहिले र कसरी मनाउन थालियो भन्ने विश्वासिला कारणहरू भेटिदैनन् । प्रायः मानिसको धारणा मुर्ख दिवसको जन्म स्थान फ्रान्स हो भन्ने गरिन्छ । फ्रान्सको राजा चार्ल्स नवौँले सन् १५८२ देखि अप्रिल महिनाको पहिलो तारिखलाई अप्रिल फुल अर्थात एकले अर्कोलाई मुर्ख बन्ने र बनाउने कार्यको थालनी गरेका थिए । त्यतिबेला सम्राटले ग्रिगेरीयन क्यालेण्डर अनुसार नयाँ वर्ष मार्च २५ तारिखका दिन अप्रिल १ सम्म नयाँ वर्षको रुपमा मनाउने गरिन्थ्यो ।

तर, जसले जनवरी १ मा नयाँ वर्ष मनाउन थाले उनीहरूले अप्रिल १ मा नयाँ वर्ष मनाउनेहरूलाई मुर्ख बनाउन थाले । त्यसपछि अप्रिल १ का दिन झुक्काउने दिनको रुपमा मानिन्छ । यो दिनमा मानिसलाई झुक्याउँदा हासो ठठ्टा को रुपमा रमाइलो हुने गर्दछ ।

नेपालमा पनि अप्रिल फुल मनाउने प्रचलन छ । यो दिन एक अर्कालाई हानी नपुग्नेगरि मात्र रमाइएलोका लागि एक छिनलाई मुर्ख बनाएर मनाइन्छ । यसलाई एक किसिमको मजाक गर्ने दिवसको रुपमा लिइन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>