चितवन विशेष

सप्तगण्डकी क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै सञ्चालक समितिको कार्यकक्षमा ताला

०
Banner

चितवन, चैत १३

सप्तगण्डकी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल गराउन माग गर्दै एमाले निकट अनेरास्ववियुले तालाबन्दी गरेको छ ।

अनेरास्ववियुले सञ्चालक समितिको कोठा र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष महेश सापकोटाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले क्याम्पस प्रमुख मणिराज महतो, सहायक क्याम्पस प्रमुखहरु खिमलाल दाहाल र टिकाराम देवकोटालाई सो विज्ञप्ति हस्तान्तरण गरेको छ । विज्ञप्तिमा क्याम्पसको शैक्षिक गुणस्तर सुधारका लागि १७ बुँदे माग पनि प्रस्तुत गरिएको छ । मागमा क्याम्पसको क्यान्टिनलाई व्यवस्थित बनाउनुपर्ने, योग्यता पुगेका प्राध्यापक तथा कर्मचारीहरुलाई स्थायी एवम् बढुवा गर्नुपर्ने, ६० प्रतिशत विद्यार्थी उतीर्ण गराउने प्राध्यापकलाई सम्मान र ४० प्रतिशत कम उतीर्ण गराउनेलाई कारबाही गर्नुपर्ने, कर्मचारीहरुलाई एक सिफ्टमा झार्नुपर्ने, क्याम्पसबाट बितरित हुने छात्रवृत्तिलाई व्यवस्थित गर्नुपर्ने लगायत मागहरु रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>