राजनीति
अब आरामले सरकार चल्छः प्रधानमन्त्री दाहाल
०

काठमाडौँ,चैत ६–
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब आरामसँग सरकार चल्ने दाबी गरेका छन्। सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आरामसँग सरकार चल्ने बताएका हुन्। सरकारलाई पूर्णता दिन भोलिदेखि छलफल थाल्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ। प्रचण्डले गठबन्धनमा रहेका दलहरुसँग छलफल थाल्ने बताए।
उनले भने, ‘आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि बिहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ। जो–जो दलहरुसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ, सबैसँग बसेर २/४ दिनभित्रमै सबै टुंग्याउने र काम गर्ने विचार छ।’आ फूलाई प्राप्त मत पर्याप्त रहेको प्रचण्डलको भनाइ छ। सोमबार प्रचण्डले १७२ मतसहित प्रतिनिधिसभामा विश्वासको मत पाएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























