राजनीति
सांसद चन्द्र भण्डारीको उपचारमा सरकारले गर्यो ५५ लाख ८८ हजार रूपैयाँ खर्च
०

काठमाडौं,चैत ६-
सांसद चन्द्र भण्डारीको उपचारका लागि सरकारले ५५ लाख ८८ हजार रुपैयाँ खर्च गरेको छ । अर्थ मन्त्रालयका अनुसार ११ फागुन २०७९ मा भएको मन्त्रिपरिषद्को बैठकले भण्डारीको उपचार खर्च बेहोर्ने निर्णय गरेको थियो । सोही अनुसार उनलाई एयर एम्बुलेन्सबाट भारत लैजाँदा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोरेको छ । यस्तो रकम ५५ लाख ८८ हजार रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ ।
भण्डारी आफ्नै निवासमा भएको आगलागीमा परी घाइते भएका थिए । उनको नेपालमा उपचार सम्भव नभएपछि अहिले भारतमा उपचार जारी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























