राजनीति
एक/दुई कुरामा असहमति रहँदैमा गठबन्धन छोड्नुपर्छ, आफ्नो मत फिर्ता लिनुपर्छ भन्ने पक्षमा हाम्रो पार्टी छैनः सिके राउत
०

काठमाडौँ, चैत ६
जनमत पार्टीका अध्यक्ष सिके राउतले लोकतन्त्र, गणतन्त्र र संघीयता रक्षा गर्ने अभिभारासहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताएका छन्। आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले पेश गरेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा बोल्दै अध्यक्ष राउतले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय पार्टीले गरेको बताए।
विगत दुई/तीन महिनामा केही कुरामा हाम्रा पनि असहमति रहे। त्यो एक/दुई कुरामा असहमति रहँदैमा गठबन्धन छोडिहाल्नुपर्छ, आफ्नो मत फिर्ता लिइहाल्नुपर्छ भन्ने पक्षमा हाम्रो पार्टी छैन,’ उनले भने, ‘देशमा स्थायित्व हुनुपर्छ भन्ने पक्षमा हामी छौं।’
‘
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























