राजनीति

स्ववियु चुनावको परिणामलाई लिएर वीरगञ्ज नर्सिङ क्याम्पसमा नेविसंघको तालाबन्दी, क्याम्पस प्रमुखको राजीनामा माग

Banner

वीरगञ्ज, चैत ६-

वीरगञ्ज नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचनको परिणामलाई लिएर विवाद भएको छ । आइतबार भएको स्ववियु चुनावबाट अध्यक्षमा मानिषा चौधरी र प्रत्यक्षतर्फ एक सदस्यबाहेक सबै अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन् ।

नेविसंघबाट स्मृति थापा सदस्यमा निर्वाचित भएकी छन् । तर नेपाल विद्यार्थी संघले धाँधली भएको भन्दै क्याम्पस प्रमुख जमुना भट्टराईको राजीनामा माग गरेको छ र क्याम्पस प्रमुख र क्याम्पस प्रशासनमा तालाबन्दी गरेको छ ।

नेविसंघले उम्मेदवारी मनोनयनको समयदेखि नै क्याम्पस प्रमुखको भूमिका शंकास्पद रहेको आरोप लगाएको छ । अनेरास्ववियुका उम्मेदवारले समय सकिएपछि मनोनयन दर्ता गराएको, राति होस्टलमा विद्यार्थी भेटेर अनेरास्ववियुलाई मत दिन आग्रह गरेको नेविसंघले विज्ञप्तिमा उल्लेख गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>