Uncategorized
बेलायती सांसदले दिए विनोद चौधरीको राजनीतिक सचिवालयलाई प्रशिक्षण

काठमाडौं, चैत ६
बेलायती सांसद (हाउस अफ कमन्स) विरेन्द्र शर्माको सचिवालयका उच्चअधिकारीले नेपाली सांसद विनोद चौधरीको सचिवालयका अधिकारीहरूलाई संसदीय मामिलालाई व्यवस्थित रुपमा सञ्चालन गर्ने बारेमा प्रशिक्षण दिएका छन्।
आइतबार सांसदको भूमिकालाई संसदमा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिइएको हो। कार्यक्रममा बेलायती सांसद शर्माले सांसदलाई प्रभावकारी बनाउने मुख्य जिम्मेवारी नै सचिवालयको हुने बताए।
सचिवालय प्रभावकारी बने मात्र सांसदले आफ्नो भूमिका प्रभावकारी रुपमा बहन गर्न सक्ने उनले बताए। ुसांसद एक्लैले गरेर केहि हुँदैन। सांसदलाई सफल बनाउने भनेको उसको निजी सचिवालय कति प्रभावकारी र सक्षम छ भन्ने कुरामा निर्भर हुन्छ,ु सांसद शर्माले भने, ुबेलायती संसदमा रहेर काम गरिरहदा मेरो अनुभव पनि यही हो। मेरो सचिवालय प्रभावकारी नरहेको भए म हाउस कमन्सको प्रभावकारी सांसद बन्न सम्भव थिएन।ु