राजनीति
सञ्चार क्षेत्रको कानुन निर्माणका लागि आमसञ्चार सुुझाव समितिले थाल्यो काम

काठमाडौं, चैत ५–
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गठन गरेको आम सञ्चार सुुझाव समितिले काम थालेको छ ।
सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखाशर्माको उपस्थितिमापहिलो बैठक गरी समितिले कामथालेको हो । समितिको बैठकलाई सम्बोध गर्दै मन्त्री शर्माले राजनीतिक परिवर्तन र संविधानको मर्मअनुरुप सञ्चार क्षेत्रमा धेरै कानुन निर्माण गर्न बाँकी रहेकाले यसका लागि तयारी गर्न समिति गठन गरिएको बताउनुुभयो । ‘व्यवस्था बदलियो, संविधान फेरियो र धेरै क्षेत्रमा कानुुन पनि फेरिएका छन्’– उहाँले भन्नुुभयो– ‘तर, सञ्चार र सूचना प्रविधिको क्षेत्रमा धेरै कानुन परिवर्तन गर्न बाँकी रहेकाले हामीले यसलाई प्राथमिकताका साथ अघि बढाएका छौं ।’
सरकारले आम सञ्चारको क्षेत्रमा यो समितिसँग ठूलो आशा गरेको उल्लेख गर्दै मन्त्री शर्माले आम सञ्चार सुुधारका क्षेत्रमा आवश्यक सुुझाव प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । बदलिएको व्यवस्था र राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशलाई सम्वोधन गर्ने कानुन परिवर्तन सरकारको प्राथमिकतामा रहेको उहाँले स्पष्ट गर्नुभयो ।
सञ्चारसँग सम्बन्धित केहीविधेयक संसदको चालुु अधिवेशनबाटै पारित गर्ने सरकारको तयारी रहेको जानकारी गराउँदै उहाँले बाँकी विधेयक पनि अर्को अधिवेशनबाट अघि बढाउने बताउनुुभयो ।
समितिका संयोजक डा. सुरेश आचार्यले समितिले पाएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रारम्भिक मस्यौदा तयार गरेर सरोकारवालासँग छलफल गरी अन्तिम प्रतिवेदन तयार पार्ने पनि उहाँले जानकारी दिनुुभयो ।
सरकारले आम सञ्चार क्षेत्रको समग्र सुधारका लागि नीति, कानुुन तथा नियमनका विषयमा सुुझाव दिन समिति गठन गरेको थियो । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षडा. सुरेश आचार्यको संयोजकत्वमा समितिमा सदस्यहरुमा महासंघका अध्यक्ष अध्यक्ष विपुल पोख्रेल, पूर्व अध्यक्षद्वय गोविन्द आचार्य र डा. महेन्द्र बिष्ट तथा वरिष्ठ पत्रकार बबिता बस्नेत रहनुुभएको छ ।