राजनीति
लामिछानेले नागरिकता र पासपोर्टसम्बन्धी कसुर गरेको प्रमाण नभेटिएकोले मुद्दा चलाउन पर्दैनः सरकारी वकिल कार्यालय
०

काठमाडौ, चैत ५-
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले राहदानी प्रकरणमा रवि लामिछानेविरुद्ध मुद्दा चलाउन नपर्ने निर्णय गरेको छ । प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन पठाएपछि जिल्ला सरकारी वकिल कार्यालयले फागुन ३० गते लामिछानेविरुद्ध मुद्दा चलाउन नपर्ने निर्णय गरेको हो ।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले लामिछानेविरुद्ध मुद्दा चलाउन आवश्यक प्रमाणहरू नभेटिएकाले उक्त निर्णय गरिएको जानकारी दिए । ‘उहाँले नागरिकता र पासपोर्टसम्बन्धी कसुर गरेको भन्ने प्रमाणहरू भेट्न सकिएन’, न्यौपानेले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























