चितवन विशेष

क्याम्पस प्रशासन र हरुवा विद्यार्थी संगठन विद्यार्थी आन्दोलनका धमिरा : अनेरास्ववियु

Banner

चितवन, चैत ५–

नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले सप्तगण्डकी बहुमुखी क्याम्पसमा एक हप्ताभित्र स्ववियु निर्वाचन गराउन आग्रह गरेको छ । आज हुन लागेको निर्वाचन स्थगित गरिएपछि विरोध प्रदर्शन गर्दै अनेरास्ववियुले अबको एक हप्ताभित्र निर्वाचन नगरिए उत्पन्न परिस्थितीको जिम्मेवार क्याम्पस प्रशासन नै हुने बताएको हो ।

विद्यार्थीहरु टाउकोमा कालो पट्टी बाँधेर विरोधमा उत्रिएका छन् । ‘स्ववियुको अस्तित्व नै समाप्त पार्न खोज्ने क्याम्पस प्रशासन र हरुवा विद्यार्थी संगठनहरू विद्यार्थी आन्दोलनकै धमिराहरु हुन्’, अनेरास्ववियु सप्तगण्डकीका अध्यक्ष महेश सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन हुन नदिने सत्ताधारी विद्यार्थी संगठनको रवैया र लाचार क्याम्पस प्रशासन अनि निकम्मा निर्वाचन समितिको घोर निन्दा एवम् भत्सर्ना गर्दछौं ।’

साना विद्यार्थी संगठनको ताला फोड्ने तर सत्ताको आड पाएका विद्यार्थी संगठनले चुनाव बिथोल्न गरेको क्रियाकलापमा प्रशासन निरीह भएको अनेरास्ववियुको आरोप छ । क्याम्पस प्रशासन र निर्वाचन समितिका सम्पुर्ण सदस्यहरुको राजिनामा समेत माग गरिएको सापकोटाले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>