राजनीति
उपराष्ट्रपति निर्वाचनबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै
०

काठमाडौं, चैत ३–
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्दै छ । उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन शुक्रबार बिहान साढे ११ बजे पार्टी कार्यालय बसुन्धारमा बैठक बस्न लागेको हो ।
शुक्रबार नै १० बजेदेखि ३ बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ । जसपाका रामसहायप्रसाद यादव, एमालेकी अष्टलक्ष्मी शाक्य र जनमतकी ममता झा उपराष्ट्रपतिको प्रतिस्पर्धामा छन् । जसपाबाट उम्मेदवारी दिएकी प्रमिला कुमारी यादवले रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेकी छन् । रास्वपाले उपराष्ट्रपतिमा रामसहायलाई मत नदिने जवाफ पठाएको छ ।
रास्वपाले उपराष्ट्रपतिकी उम्मेदवार एमाले उपाध्यक्ष अष्ठलक्ष्मी शाक्यलाई मत दिने सम्भावना बलियो छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























