राजनीति

नेविसंघको चुनावी घोषणापत्र : तोडफोड र तालाबन्दी गर्दैनौं

Banner

काठमाडौं, चैत ३–

नेपाली विद्यार्थी संघले क्याम्पस प्रशासनलाई अनुचित दबाब नदिने प्रतिवद्धता गरेको छ । संघले पठनपाठनमा अवरोध नपुर्‍याउने प्रतिज्ञा गरेको हो ।

‘विद्यार्थीको नियमित पठनपाठनलाई असर पर्ने गरी तालाबन्दी, तोडफोड, र अनैतिक क्रियाकलाप’ संघले नगर्ने प्रतिवद्धता गरिएको छ । क्याम्पसको सम्पत्ति दुरुपयोग र अनैतिक हिसाबले हुने चन्दा असुली नगर्ने बिहीबार सार्वजनिक गरेको घोषणापत्रमा संघले उल्लेख छ ।

संघले आसन्न स्वतन्त्र विद्यार्थी युनियनको चुनाव केन्द्रित घोषणापत्रमा ‘एनएसयू एप र वेबसाइट’मार्फत सबै संकाय र तहका पाठ्यपुस्तक उपलब्ध गराउने प्रतिवद्धता गरिएको छ । साथै ग्रामीण तथा दुर्गम क्षेत्रमा पाठ्यपुस्तक नपुग्ने समस्यालाई समाधान गर्न समयमै अनगुमन गरी उक्त क्षेत्रमा पाठ्यपुस्तक पुर्‍याउने संघले पहल गर्ने जनाइएको छ ।

यस्तै माध्यमिक शिक्षा सबैलाई अनिवार्य र निःशुल्क बनाउने संघले घोषणापत्रमा उल्लेख गरिएको छ । ७७ वटै जिल्लामा कम्तिमा पनि १ वटा आंगिक क्याम्पस स्थापना गर्न पहल गर्ने संघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>