खेलकुद

फिफा विश्वकप २०२६ को समूह ‘फर्म्याट’ परिवर्तन

Banner

काठमाडौं, चैत १-

सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकपको समूहको फर्स्याट परिवर्तन भएको छ। प्रत्येक टिमलाई कम्तिमा तीन खेल खेलाउनका लागि समूह फर्म्याट परिवर्तन गरिएको फिफाले जनाएको हो।

पहिलो पटक ४८ देशबीच प्रतिस्पर्धा हुने विश्वकपमा यसअघि तीन/तीन टिमको १६ समूह बनाउने बताइएको थियो। तर अब चार(चार टिम सम्मिलित १२ समूहमा प्रतिस्पर्धा गराइने भएको छ।

१२ समूहका शीर्ष दुई टिम र तेस्रो स्थानमा रहने उत्कृष्ट ८ टिम गरी कुल ३२ टिम दोस्रो चरणमा पुग्ने फिफाले जनाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>