क्रिकेट

सन्दीपले लिए एकै ओभरमा दुई विकेट

Banner

काठमाडौँ, फागुन २५-

सन्दीप लामिछानेले नेपालका लागि आईसीसी विश्वकप लिग–२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्ध एकै ओभरमा दुई विकेट लिएका छन् । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पीएनजीले आफ्नो ३३ औं ओभरमा दुई विकेट गुमायो ।

सन्दीपले ३३ औं ओभरको दोस्रो बलमा हिरी हिरीलाई बोल्ड आउट गराएका हुन् । हिरी हिरीले ८ रन बनाए । सन्दीपले नै ३३ औं ओभरको तेस्रो बलमा काड सोपरलाई क्याच आउट गराए । पीएनजीले ३३ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १५३ रन बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>