राजनीति

सभापति देउवा प्रधानमन्त्री बन्ने कुरा अनुमानको खेती मात्रै भएको छः माओवादी सांसद बस्नेत

Banner

काठमाडौं, फागुन १८-

नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले कांग्रेस सभापति शेरबहादुर देउवा बन्ने कुरा अनुमानको खेती मात्रै भएको बताएका छन् । राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई प्रशिक्षण कार्यक्रमअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले ७६ ९३० अनुसार ठुलो दलको हैसियतले देउवा प्रधानमन्त्री बन्ने भन्ने कुरा अनुमानको खेती मात्रै भएको बताएका हुन्।

उनले चुनावमै गठबन्धन भएकाले यो गठबन्धन टिक्ने दाबी गरे।

प्रशिक्षण कार्यक्रम फ्लोर क्रस हुन्छ भन्ने डरले हो रु भन्ने प्रश्नमा उनले भने, ‘हरेक कुरालाई नकारात्मक रूपमा लिनु हुँदैन। अहिले पार्टीहरूले गरेको निर्णय सांसदहरूलाई सम्प्रेषण गर्ने उद्देश्यले राखिएको हो।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>