राजनीति

आठ दलीय गठबन्धन पछि राजनीति सही बाटोमा गएकोले राष्ट्रपतिमा रामचन्द्रको जित सुनिश्चित छः प्रकाशमान

Banner

धनुषा, फागुन १८-

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आठ दलीय गठबन्धन बनेपछि राजनीतिक वातावरण सही बाटोमा आएको बताएका छन् ।

सिरहाको कार्यक्रममा सहभागी हुन जाने क्रममा आज धनुषास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै सिंहले प्रचण्ड नेतृत्वको सरकारबाट एमाले बाहिरिनु र आठ दलीय गठबन्धन बन्नुलाई जनताको म्यान्डेट अनुसारको राजनीतिक परिस्थिति बनेको भनेका हुन् ।

सत्ता गठबन्धनमा कुनै असमझदारी नरहेको भन्दै, राष्ट्रपति पदमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको जित सुनिश्चित रहेको उनको धारण छ।

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>