राजनीति

संघीय सांसदलाई प्रशिक्षण दिँदै आठ दल

Banner

काठमाडौं, फागुन १८–

राष्ट्रपति निर्वाचनमा आफ्ना राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूलाई आज एउटै मोर्चा बनाएका ८ दलले प्रशिक्षण दिने भएका छन्।

राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेका आठै दलका संघीय सांसदहरूलाई बिहीबार दिउँसो १ बजेदेखि प्रशिक्षण दिने कार्यक्रम रहेको छ। प्रशिक्षण रोयल बैंक्वेट तीनकुनेमा हुने छ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रशिक्षण कार्यक्रममा कांग्रेस, माओवादी, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू र सांसदहरूलाई खबर गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>