राजनीति
राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय
०

काठमाडौँ, फागुन १७–
यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसले उम्मेदवार बनाएको रामचन्द्र पौडेललाई मतदान गर्ने नेकपा एकीकृत समाजवादीले निर्णय गरेको छ।
राष्ट्रपतिमा ८ दलको समर्थनमा साझा उम्मेदवार रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई मतदान गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको उनको भनाइ छ। गत फागुन १३ गते ८ दलको समर्थनमा पौडेल राष्ट्रपति उम्मेदवार भएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























