राजनीति

राष्ट्रपतिको चुनावपछि मात्र प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने

Banner

काठमाडौं, फागुन १७-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको निर्वाचनपछि मात्रै विश्वासको मत लिने भएका छन्। नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले राष्ट्रपतिको निर्वाचनपछि मात्रै विश्वासको मत लिने स्थिति आएको बताए।

‘उनले भने, प्रधानमन्त्रीले उचित समयमा विश्वासको मत लिनुहुन्छ। प्रतिनिधि सभाको बैठक नै चैत ५ गते बोलाइएको छ,’ ‘प्रतिनिधि सभा बैठकको मितिका कारणले समेत राष्ट्रपतिको चुनावअघि विश्वासको मत लिइँदैन भन्ने हो।’

राष्ट्रपतिको चुनाव फागुन २५ गते हुँदैछ। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने कांग्रेसले आफू सरकारमा नगएसम्म प्रतिपक्षमै रहने अडान लिएको छ।

पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए। त्यतिबेला उनले २६८ मत पाएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>