अपराध

जग्गा विवादमा चितवनमा पक्राउ परेकी पिंकी लामा श्रेष्ठसहित पाँच जना रिहा

०
Banner

प्रतिमा कुमाल

चितवन, फागुन १६–

जिल्ला प्रहरी कार्यालय चितवनले जग्गा विवादमा पक्राउ गरेको पिंकी लामा श्रेष्ठसहित पाँच जनालाई रिहा गरेको छ ।

२०२० सालदेखि भोगचलन गर्दै आएको जग्गा अर्कैको नाममा भएपछि लामाको परिवारले लामो समयदेखि विरोध गर्दै आएको थियो । सो विरोधको क्रममा आज प्रहरीको सुरक्षामा जग्गा धनी कृष्णराज न्यौपानेले डोजर लगायर सो जग्गामा भएको घर टहरा भत्काएका हुन् । त्यसको विरोधमा रहेका पिंकीका परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

लामासहित सोममाया लामा, नानु गुरुङ, श्रेया लामा, लालु कुमाल र कल्याणी पोखरेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । योसहित प्रहरी प्रशासनले ५ पटक छोरीसहित आफ्नो पक्षमा बोल्ने छिमेकीलाई हिरासतमा लिएको कान्छी लामाले बताइन् । पिंकी र सोममायाको आमा उनले भनिन्, ‘२०२० साल देखि यो जग्गा फडानी गरेर मैले भोग चलन गरे । यो जग्गा ६ कट्ठा २ धुर हो । त्यो बेला जग्गाको लाजपूर्जा निकाल्दा २ कट्ठा १७ धुर भन्दा बढीको लाजपूर्जा पाउदैन भने । हामी सोजो मान्यौं । पछि पूर्वसांसदसहितका व्यक्तिहरुले विभिन्न व्यक्तिसँग कागजीरुपमा भित्र भित्र बेचेको पाइयो । त्यसकै विरुद्धमा आवाज उठाइरहेका छौं ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>