चितवन विशेष

भरतपुरमा तीन दिने कर तालिम सुरु

Banner

चितवन, फागुन १४-

भरतपुरमा तीन दिने करसम्बन्धी तालिम सुरु भएको छ ।

भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीले आज आइतबार उद्घाटन गरेको कर सम्बन्धी तालिम वडा न २१ को आयोजनामा सुरु भएको हो ।
तालिम उद्घाटन गर्दै उपमेयर अधिकारीले कर तिर्नु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गरे । कर तिर्नु कसैका लागि बाध्यता नभई विकास निर्माणका लागि भएको भन्दै उपप्रमुख अधिकारीले आफूले तिरेको कर आफ्नै लागि हो भन्ने बुझ्न् पनि सबैमा आग्रह गरे । महानगरले अहिले २९ वटै वडामा कर अभियान चलाइरहेको बताउँदै उनले अब कोही पनि करको दायराबाट बाहिर रहन नपाउने समेत प्रष्ट पारे ।

महानगरपालिका कर मात्रै संकलन गर्दैन,उठेको करलाई विकास निर्माणमा लगाउन पनि उत्तिकै लाग्ने छ । हामी उठेको करलाई जनताकै सेवामा खर्च गर्ने प्रतिबद्धता गर्दछौ उपप्रमुखले भने, ‘आन्तरिक राजस्व अभिवृद्धि गरी विकास निर्माणलाई तीव्रता दिने गरि महानगर कर संकलनमा जुटेको छ । महानगर सुशासन, पारदर्शिता र जबाफदेहितालाई आत्मसात गर्दै अगाडि बढिरहेको छ ।’

वडा न २१ ले आफ्नो वडा भित्र रहेका ब्यवसायी, टोल विकास समितिका अध्यक्षहरु, विभिन्न संघसस्थाका प्रतिनिधिहरुलगायत अन्य व्यक्तिहरुलाइ कर अभियानसँग जोड्ने उद्देश्यले तालिमको आयोजना गरिएको वडा अध्यक्ष कृष्णकुमार गुरुङले जानकारी दिए । अभियान अन्तर्गत सम्पत्ति कर, बहाल कर, व्यवसाय कर, दर्ता, नविकरण, नक्सा पास गरे/नगरेकोलगायतका अन्य विषयहरु हेरिने राजश्व महाशाखा प्रमुख बिसुराम कँुवरले जानकारी दिए।

मगलबारसम्म चल्ने उक्त तालिममा १२० भन्दा बढीको सहभागिता रहेको वडा सचिव पञ्चमाया तामाङले जानकारी दिइन् । गत माघ १९ गते बाट सुरु भएको महानगरको कर अभियान आगामी असार १५ गते सम्म जारी रहने छ । तीन दिन सम्म चल्ने तालिममा महानगरका राजश्व शाखा प्रमुख बिसुराम कँुवरले प्रशिक्षण दिनेछन् । उद्वघाटन कार्यक्रममा वडा अध्यक्ष कृष्णकुमार गुरुङ, रमेशकुमार श्रेष्ठ, वडा सदस्य विवेक श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>