Breaking News

चितवनका अस्पतालमा रगतको माग बढ्यो, दैनिक १५० युनिट आवश्यक पर्नेमा ७५ युनिट मात्र संकलन

Banner

निरुता विक

चितवन, फागुन ४–

चितवनमा रगतको माग अत्यधिक बढेको छ ।

पछिल्लो समय चितवन मेडिकल सिटीका रुपमा विकास हुँदै गएकोले यहाँ देशै भरबाट बिरामी उपचारका लागि आउने गरेकोले रगतको माग बढेको हो ।
जिल्लामा रक्तदान गर्ने संघसंस्था, बिरामी बढेको तर रक्तदान गर्ने रक्तदाताको संख्या घटेको कारण रगतको माग बढेको प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख रमेशकुमार पौडेलले जानकारी दिए । उनकाअनुसार जिल्लामा दैनिक १०० देखि १५० युनिट रगत आवश्यक पर्छ । तर, यहाँ ७५ युनिट मात्रै रक्त सञ्चार केन्द्रमा संकलन हुने गरेको उनको भनाइ छ ।

जिल्लामा एक वर्षमा ४५ हजार युनिट रगतको आवश्यक परे पनि केन्द्रले ३५ हजारको हाराहारीमा युनिट रगत उपलब्ध गराउँदै आएको उनले नारायणी अनलाइनलाई जानकारी दिए । त्यस्तै केन्द्रले जिल्लामा रगत अभाव भएको समयमा पोखरा प्रादेशिक रक्तसञ्चार केन्द्र, मकवानपुर, गोरखा, तनहुँ, धादिङ, लम्जुङ, सर्लाही, रौतहट र अन्य विभिन्न क्षेत्रबाट रगत ल्याउने गरेको पौडेलको भनाइ छ । अहिले मेडिकल सिटी भनेर चिनिने भरतपुरका ठूला आधा दर्जन अस्पतालमा दैनिक रगतको अभाव हुने गरेको छ । जसले गर्दा रगतका लागि अहिले बिरामीका आफन्त र रक्तदातामा भर पर्नु परेको उनले जानकारी दिए । उनकाअनुसार जिल्लाका क्यान्सर अस्पताल, भरतपुर अस्पताल, दुई मेडिकल कलेज र २० भन्दा बढी साना ठूला अस्पतालमा हुने शल्यक्रियालगायतका उपचारमा ठूलो मात्रामा रगत माग हुने गरेको छ । उनले सबै भन्दा बढी विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका बिरामी र अन्य अस्पतालमा विशेषज्ञ सेवालिनेहरुका लागि धेरै रगत आवश्यक हुने बताए ।

उनले भने, ‘पहिला कोरोना, चुनाव, गर्मीका कारण रगत अभाव थियो भने अहिले पहिला जस्तोे अभाव छैन ।’ त्यस्तै जिल्लामा अझै केही मात्रामा भएको रगतको अभाव हटाउन रक्तदान सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गरिएको उनको भनाइ छ ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>