Breaking News

चितवनका सांसद ढकालद्वारा कृषि अनुदानमा चरम भ्रष्टाचार भएको भन्दै छानबिनको माग

Banner

चितवन, फागुन ३–

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले कृषि अनुदान वितरणमा चरम भ्रष्टाचार हुने गरेको भन्दै भष्टाचार बिरुद्ध सोही विषयबाट छानबिन अगाडि बढाउनुपर्ने बताएका छन् ।

बुधवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद ढकालले किसानका मल बीउका समस्याहरूका प्रत्येक बैठकमा सांसदहरूले उठाए पनि त्यसको सुनुवाइ नभएको बताए । उनले वास्तविक किसानले सुविधा नपाएको बताउँदै भने– ‘झोलामा गाई पाल्ने, झोलामा खेती लगाउने ती झोले किसानहरूलाई त्यही संरचनाबाट झोलामै अनुदान हालिदिएको छ, अनुदानको व्यापक दुरुपयोग भएको छ, भ्रष्टाचार भएको छ । सबभन्दा पहिला भष्टाचारको छानबिन गर्ने हो भने कृषि अनुदान दुरुपयोगबाट सुरु गरौँ ।’

सांसद ढकालले जो किसानले काठमाडौँका बच्चाहरूका दूध पठाउँछन् ती किसानका अनुदान पनि नछोड्नेहरू पापी भएको सांसद ढकालको टिप्पणी थियो । विभिन्न अनुदानको कुरा गर्दा, नीति र थिति बसाल्ने कुरा गर्दा एक द्वार प्रणालीबाट वडा मै अनुदान पठाइदिए हुँदैन कृषि अनुदान ? भन्दै प्रश्न गरे ।

उनले भने– ‘वडामा पठाए त तल्लो घरकोले खेती गरेको छ कि छैन, माथ्ला घरेले गाई पालेको छ कि छैन सबै थाहा हुन्छ अनुगमन नै गर्नुपर्दैन । अब कृषि अनुदान वडाबाटै वितरण गर्ने नीति बनाऊँ र पालिकामा नै अनुदान पठाउने व्यवस्था गरौँ । खरिद ऐन संशोधन गरौँ, मल खरिद गर्नका लागि मल खरिद गर्ने स्वायत्त अधिकार पालिकालाई दिऔँ ।’ उनले किसानका समस्या समाधानका लागि काम गर्न कृषि मन्त्रीलाई ध्यानाकर्षण गराए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>