खेलकुद

पदमोदय जिल्लास्तरीय खुल्ला नकाउट भलिबल हुने

Banner

चितवन, माघ २९–

लामो समयदेखि भलिबल प्रतियोगिता गर्दै आएको पश्चिम चितवनको पदमोदय युवा क्लबले यसवर्ष पनि भलिबल प्रतियोगिता गर्ने भएको छ । बिगत २०३६ सालदेखि महाशिबरात्रीको अवसर पारेर पर्यटकीय नगरी पटिहानीमा अवस्थित भरतपुर– २२, पदमपोखरीको क्लव परिसरमा यस वर्षपनि भलिबल प्रतियोगिता गर्दैछ ।

फाल्गुन ५ गतेदेखि ७ गतेसम्म क्लब परिसरमा आयोजना गरिएको पद्मोदय जिल्लास्तरीय खुल्ला नकाउट भलिबल प्रतियोगिता २०७९ मा विभिन्न १६ टिम सहभागी हुने अपेक्षा क्लबले गरेको छ । झण्डै ४ दशक रूपमा ईतिहास रहेको यस क्षेत्रको भलिबल प्रतियोगिताले मोफसलमै छुट्टै पहिचान बनाउन सफल भएको छ । क्लबले २०७१ मा राष्ट्रिय तथा २०७२ मा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता भब्यतापुर्वक सम्पन्न गरिसकेको छ । प्रतियोगितामा बिजेता, उपबिजेता र सेमिफाईनलिष्ट टिमले क्रमश नगद ५० हजार, ३० हजार र १०/१० हजार रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष रामहरि सेढाईले जानकारी दिए ।

प्रतियोगितालाई सम्पन्न गर्न निरज पौडेलको संयोजक र निशान पौड्ल सह–संयोजक रहने गरि बिभिन्न उपसमितिहरु गठन गरिएको छ । जस अन्तर्गत प्रचारप्रसारमा विशाल भण्डारी, स्वयसेवक परिचालनमा सुमन पौडेल, मन्च ब्यवस्थापनमा अशोक गौतम, टिम ब्यवस्थापनमा पवन क्षेत्री र सौगात पौडेल, सरसफाईमा प्रशन्न कार्की र प्राथमिक उपचारमा सुजन भण्डारीलाई उपसमितिको जिम्मेवारी तोकिएको छ ।यस वर्षको प्रतियोगिताको स्वरुप बारेमा केही दिनमा बिस्तृत जानकारी गराईने समेत बताईएको छ ।

पदमोदय युवा क्लबको आयोजनामा सन्चालन हुने प्रतियोगिताको संरक्षकमा भरतपुर महानगरपालिका, प्रबर्द्धकहरुमा बागमती प्रदेश खेलकुद बिकास परिषद, २२ नम्बर वडा कार्यालय र चितवन जिल्ला खेलकुद बिकास समिति रहने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>