चितवन विशेष

नारायणी किनारमा हुने कोटिहोमको शहरी विकास मन्त्री विक्रम पाण्डेले उद्घाटन गर्ने

Banner

चितवन, माघ १०-

माघ १२ गते वसन्तपन्चमीदेखि फागुन १२ गतेसम्म नारायणी नदी किनारमा हुन लागेको साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञान महायज्ञलाई शहरी विकास मन्त्री विक्रम पाण्डेले उद्घाटन गर्ने भएका छन् ।

महायज्ञको माघ १२ गते दिउँसो २ बजे शहरी विकास मन्त्री पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्काअध्यक्ष प्रेमनिधि भारद्धाज कँडेलले जानकारी दिएका हुन् । त्यसअघि साढे ११ बजे कलश यात्रा निकालिने उनले जानकारी दिए ।

यज्ञको प्रचारप्रसार गर्न आज मंगलबार मोटरसाइकल  र्‍यालीको आयोजना गरिएको छ । महायज्ञको तयारी अन्तिम चरणमा पुगेका बेला मोटरसाइकल र्‍यालीले नारायणगढ र भरतपुरका विभिन्न क्षेत्रको परिक्रमा गरेको हो ।

महायज्ञ स्थलबाट निस्किएको मोटरसाइकल ¥याली पोखरा बसपार्कबाट क्षेत्रपुर हुँदै प्रहरी तालिम केन्द्र निस्किएर बाइपास सडक हुँदै मालपोत चोक–चौविसकोठी–त्रिचोक–धर्मचोक पुगेको थियो । त्यस्तै, त्यहाँबाट घुमेर बैकुण्ठ चोक–बेलचोक हुँदै आनन्दमार्ग–लायन्सचोक–शहिदचोक–पुलचोक भएर र्‍याली महायज्ञ स्थलमा पुगेको ¥याली संयोजक एवम् दशनामी समाज चितवनका अध्यक्ष जीवलाल पुरीले जानकारी दिए ।

¥यालीमा करिब १०० मोटरसाइकल सहभागी थिए भने एउटा जीपमा माइकिङ गरिएको थियो । महायज्ञको प्रमुख वाचक परशुराम पाण्डेय रहेका छन् । महायज्ञको लागि चरु संकलनलाई पनि तिव्रता दिइएको छ । महायज्ञ स्थल नारायणी नदी किनारमा हवन मण्डप र कुण्ड बनाउने काम अन्तिम चरणमा पुगेको छ । महायज्ञमा एक करोड ४९ लाख ८५ हजार बत्ति बालिने महायज्ञका प्रमुख वाचक पाण्डेयले बताए ।
योगी नरहरीनाथले शरिर छाडेपछि पहिलो पटक ब्रह्मगायत्री मन्त्रद्वारा महायज्ञमा हवन गरिने छ । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा ज्ञानमहायज्ञ हुन लागेको हो । सनातनदेखि चलिआएको संस्कृति, परम्परा, नदी संरक्षण, पयार्वरणीय सन्तुलन जोगाउने उद्देश्यले कोटिहोम ज्ञानमहायज्ञ गर्न लागिएको उनले बताए ।

नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती महाराजको प्रमुख संरक्षकत्व तथा महामण्डलेश्वर आत्मानन्द गिरी, रमणानन्द गिरी, स्वामी जगन्नाथाचार्य, हरिशरण उपाध्याय, किशोरकुमार गौतमलगायत नेपालका प्रमुख सन्तमहात्माहरूको संरक्षकत्वमा महायज्ञ हुने आयोजकले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>