इच्छकामना

इच्छाकामना गाउँपालिकाले निम्न वर्गीय परिवारको घर निर्माण गरिदिने

Banner

चितवन, माघ ९–

चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका भित्र रहेका अत्यन्त निम्न वर्गीय परिवारको घर निर्माण गरिदिने भएको छ ।

गाउँपालिकाले आफ्नै स्रोत तथा विभिन्न सघसंस्थाहरुसँगको सहयोगमा गाउँपालिका भित्र रहेका आफैले घर निर्माण गर्न नसक्ने अत्यन्त निम्न वर्गीय परिवार पहिचान गरी उनीहरुको घर निर्माण गर्ने तयारी थालेको हो ।

यसका लागि शनिबार गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ र उपाध्यक्ष माया सिलवालसहितको एक टोली इच्छाकामना गाउँपालिका–७ ढाँडबारीमा पुगी अवलोकन गरेका छन् । उक्त गाउँका निम्न वर्गीय परिवारको घर निरीक्षण गर्दै गाउँपालिका अध्यक्ष गुरुङले तत्काल घर निर्माणका लागि सामाग्रीहरु उपलब्ध गराउने उनीहरु समक्ष प्रतिबद्धता गरे । अध्यक्ष गुरुङले घर निर्माणको लागि आवश्यक सामाग्री गाउँपालिकाले उपलब्ध गराईदिने बाचा गर्दै उनीहरुलाई श्रमदान गर्न अनुरोध गरे । ‘गाउँपालिकाले सामान दिन्छ, श्रमदान चाहि तपाइँहरुले गर्नुपर्छ’ उनले भने ।

यसैगरी केही घरहरु भने नमुना बस्ती निर्माण कार्यक्रम अन्तर्गत निर्माण गरिने अध्यक्ष गुरुङले बताए । अध्यक्ष गुरुङका अनुसार इच्छाकामना गाउँपालिकाले वडा नं. ७ मा नमुना बस्ती निर्माणको काम गरिरहेको छ । यस आवमा मात्रै नमुना बस्ती निर्माण कार्यक्रम अन्तर्गत गाउँपालिकाले १९ वटा घर निर्माण गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>