राशिफल

यस्तो छ तपाईको आजको राशिफल

Banner

आज २०७९ साल माघ ९ गते सोमवार, सन् २०२३ जनवरी २३ तारिख । विभिन्न राशि भएका व्यक्तिहरुको राशिफल यस्तो रहेको छ ।

मेष – आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

वृष – आज घर परिवारसँग सुख र मनोरञ्जन पूर्वक दिन बित्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग पनि छ ।

मिथुन – आज मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउने र गलत निर्णय लिन पुगिएला । चोटपटकको भय पनि छ, बढी सचेत रहनुहोला ।

कर्कट – आज आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ विद्या र ज्ञान सिक्ने मौका मिल्नेछ ।

सिंह – स्वादिष्ट सुखद् भोजन मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । साथीभाइसँग समय बित्नेछ ।

कन्या – आज सामाजिक र राजनैतिक कार्यमा विशेष सफलता मिल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्ने, तर वैदेशिक क्षेत्रको काम भने अधुरै रहला ।

तुला – आफ्नो विचार विपरित निर्णय हुने र गरेको काममा ढिलासुस्ती हुनेछ । साझेदारीमा पनि उल्झन आउनेछ, तर शेयर बजारले साथ दिनेछ ।

वृश्चिक – ठीक समयमा सही निर्णय लिन सकिनेछ । कलासाहित्यमा रुचि बढ्नेछ । सामाजिक कार्य अघि बढ्नेछ । कृषि कारोबारमा सफलता मिल्नेछ ।

धनु – आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । मनमा शान्ति र प्रसन्नता छाउनेछ । समाजसेवामा मन लाग्ला । शिक्षामा सामान्य सफलता मिल्नेछ ।

मकर – आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कुम्भ – आज स्वास्थ्यप्रति सजग रहन आवश्यक छ । आफ्नो अधिकार प्राप्तिका लागि बढी संघर्ष गर्नु पर्ला । मनमा दुबिधा पनि उत्पन्न रहला ।

मीन – आज स्वादिष्ट खानपिन खान पाइएला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>