घटना -दुर्घटना
अटो दुर्घटना हुँदा चालकको मृत्यु
०

दाङ, वैशाख २९-
दाङ अटो दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका– ३ को भित्री सडकमा अटो दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले खमारीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह ५७६९ नम्बरको अटो दुर्घटना हुँदा तुलसीपुर– ३ पैंयाखर्क २७ वर्षीय जीवन घर्ती (चालक) को मृत्यु भएको जानकारी दिए ।
अटो सडकदेखि करिब २५ मिटर तल खोलामा खसेको मल्लले बताए। आज (शनिबार) बिहान ७ बजे घर्ती मृत अवस्थामा फेला परेपनि गएराति साढे १० बजेतिर उनी दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























