चितवन विशेष

राइट एण्ड एसोसिएट चितवनमा मल्टी डेस्टिनेशन ‘एडमिसन डे’ सोमबार हुँदै

०
Banner

चितवन, वैशाख २९–

उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई परामर्श दिँदै आईरहेको राइट एण्ड एसोसिएट चितवनले मल्टी डेस्टिनेशन ‘एडमिसन डे’ कार्यक्रम आयोजना गरेको छ ।

एसोसिएटले यही बैशाख ३१ गते (सोमबार) मल्टी डेस्टिनेशन ‘एडमिसन डे’ कार्यक्रमको आयोजना गरेको हो ।
भरतपुरको लायन्सचोकस्थित आफ्नै कार्यालयमा बिहान ११ बजेदेखी ४ बजे सम्म कार्यक्रम हुने छ । कार्यक्रममा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूले निःशुल्क रुपमा सहभागिता जनाउन सक्नेछन् ।

सो कार्यक्रममा सहभागी विद्यार्थीहरूले अस्ट्रेलिया, अमेरिका, क्यानडा, युके, न्युजिल्याण्ड र आयरल्यान्डका बारेमा शैक्षिक प्रणाली, कोर्ष, छात्रबृत्ति, भर्ना, भिसा तथा आवेदन सम्बन्धी सम्पुर्ण जानकारी लिन सक्ने राइट एण्ड एसोसिएट्स चितवनका रिजनल डाइरेक्टर देवेन्द्रराज रेग्मीले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी विद्यार्थीले ६ देशका १५ भन्दाबढी विश्वविद्यालयका प्रतिनीधिसँग प्रत्यक्ष भेटघाट गरी आवश्यक जानकारी प्राप्त गर्न सक्ने उहाँको भनाइ छ । विशेषगरि गरी बैदेशिक अध्ययनमा जान चाहेका र बिदेशको बारेमा जानकारी लिन खोजिरहेका विद्यार्थीहरुलाई उक्त कार्यक्रम निकै फलदायी हुने उहाँको भनाई थियो ।

कार्यक्रममा सहभागीका लागि राइटले विभिन्न प्याकेजको समेत ब्यवस्था गरेको छ । कार्यक्रममा सहभागी हुने विद्यार्थीहरुलाई एक सयको रिजार्ड कार्ड र आईईएलटीएस/पीटीई/टोफल अध्ययनका लागि ५० प्रतिशत छुटको विशेष प्याकेजको ब्यवस्था गरेको हो ।

त्यस्तै राइटले उक्त दिन सहभागी हुने विद्यार्थीहरुलाई ुलक्की ड्रु मार्फत फिल्मी टिकट, मौलाकालिका केबल कार टिकट र नारायणी बोटिङ्ग टिकटको विशेष उपहार समेत ब्यवस्था गरेको छ ।

साथै ‘एडमिसन डे’ मा १५० भन्दा बढी विद्यार्थीहरु सहभागी हुने अनुमान गरिएको छ । बिदेशमा अध्ययन गरेर सीप र ज्ञान हाँसिल गरी देशलाई केही गर्न खोज्ने युवाहरुलाई राइट एण्ड एसोसिएटले सही बाटो देखाइरहेको छ ।

सन् २००१ मा काठमाडौंबाट सेवा दिन शुरु गरेको संस्थाले चितवनमा भने सन् २०१३ मा शाखा बिस्तार गरेको हो । संस्थाको चितवन बाहेक काठमाडौं, पोखरा र बुटवलमा पनि शाखा रहेको छ । नेपालका मुख्य सात शहरबाट सेवा दिदै आईरहेको राइट एण्ड एसोसिएटको अष्ट्रेलियाको मुख्य ५ शहरमा पनि कार्यालय रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>