चितवन विशेष

नारायणी नदी किनारमा वल्र्डलिंकको ‘बिट दि स्पीड’ कार्यक्रम

०
Banner

चितवन, वैशाख २९–

इन्टरननेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशनले नेपाल टि–२० विश्वकप क्रिकेटको संघारमा रहेको बेला चितवनको नारायणी नदी किनारमा ‘बिट दि स्पीड’ कार्यक्रम गरेको छ ।

शनिबार अपरान्ह नारायणी नदी किनारमा ४ बजेदेखि युवाहरुको उल्लेखीय सहभागितामा कार्यक्रम गरिएको हो उक्त कार्यक्रममा धेरै स्पीडमा बलिङ गर्नेमा विशाल यादव घोषित भएका छन् । उनले ११३ को स्पीडमा बलिङ गरेका थिए ।

कार्यक्रममा १४ जना युवाले एक सय भन्दा माथिको स्पीडमा बलिङ गरेको वल्र्डलिंक चितवनका युनिट इन्चार्ज पुष्पसागर बराकोटीले जानकारी दिए । उनका अनुसार विजेतालाई नेपाली क्रिकेट टोली विश्वकप खेलेर फर्किएपछि उनीहरुको हस्ताक्षरसहितको जर्सी प्रदान गरिने छ ।

कार्यक्रममा युवाहरुको उल्लाहसपूर्ण सहभागिता रहेको थियो भने एक सयको हाराहारीमा युवाहरु कार्यक्रममा प्रत्यक्ष सहभागिगता जनाएको वल्र्डलिंक चितवनका प्रमुख नारायण घर्तीले जानकारी दिए ।

सोही अवसरमा विश्वकप क्रिकेट खेल्न अमेरिका पुगि सकेको नेपाली टोलीलाई आफ्नो शुभकामना सन्देश पठाउनका लागि वल्र्डलिंक शुभकामना बोर्ड समेत राखेको छ । जहाँ आफूले मनमा लागेको शुभकामना लेख्न सकिने छ । वल्र्डलिंकले देशैभरबाट संकलन गरिएको शुभकामना सन्देशलाई नेपाली टिम समक्ष पु¥याउने वल्र्डलिंकका प्रतिनिधि प्रशन्न सिंह कार्कीले जानकारी दिए ।

उनका अनुसार पूर्वबाट सुरु भएको यस कार्यक्रम पश्चिममा पुगेर नेपालको १५ वटा शहरहरुमा सम्पन्न हुनेछ । उनले विश्वकप खेल्न गएको नेपाली टोलीलाई प्रोत्साहनका साथै ग्राउण्ड लेबलमा बलरहरुलाई आफ्नो स्पीड क्षमता थाहा पाउन सहज होस् भन्ने उद्देश्यले यो कार्यक्रम गरिएको जानकारी दिए ।

द्रुतगतिको इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वल्र्डलिंकले विभिन्न समयमा रचनात्मक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>