राजनीति
आफूले भनेको मन्त्रालय नपाएपछि सरकारबाट बाहिरने तरखरमा सिके राउत

काठमाडौं, माघ ५-
सत्तारूढ घटक जनमत पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारबाट बाहिरने तरखरमा पुगेको छ। आफूले भनेको मन्त्रालय नपाएको जनमत पार्टीका अध्यक्ष सिके राउतले मन्त्री बनेका अब्दुल खानलाई राजीनामा दिन तयार हुन भनेका हुन्। राउत नेतृत्वको जनमत पार्टीले कृषि वा उद्योगमध्ये एक मन्त्रालय आफूले पाउनुपर्ने माग गरेको छ।
पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको जनमत अर्को दिन आफ्ना सांसद खानलाई मन्त्री बनाएर सरकारमा सहभागी भएको थियो। लामो समय बिनाविभागीय मन्त्री बनेका खानलाई मंगलबार मन्त्रिपरिषद् विस्तार हुँदा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो।
आफूले पाएको मन्त्रालयप्रति असन्तुष्टि जनाउँदै मन्त्री खान अहिलेसम्म पदभार ग्रहण गर्न सिंहदरबार गएका छैनन्। पहिलाको सम्झौताअनुसार मन्त्रालय नपाएपछि अध्यक्ष सिके राउतले बुधबार मन्त्री खानलाई राजीनामा दिन बालुवाटार पठाएका थिए।
‘



























