राजनीति
प्रतिनिधि सभा बैठक बस्नु अघि प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रामचन्द्र पौडेल
०

काठमाडौं, माघ ५-
आज बिहान नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्। प्रतिनिधि सभामा सभामुख चयनका लागि बैठक बस्नुभन्दा अघि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता पौडेलबीच भेटवार्ता भएको हो।
पौडेलको सचिवालय स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री प्रचण्ड र पौडेलबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो।
आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दैछ। सभामुख पदका लागि सत्ता साझेदार दलबाट नेकपा एमालेका सांसद देवराज घिमिरे र नेपाली कांग्रेसलगायत दलबाट सांसद ईश्वरीदेवी न्यौपाने उम्मेदवार छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























